ओलीको क्याबिनेटमा रहेका प्रचण्ड-नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने

काठमाडौं, ५ पुष । पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजनीनामा दिने तयारी गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि उनीहरुले विरोध जनाउँदै राजीनामा दिने भएका हुन् ।

स्रोतका अनुसार उनीहरुले अहिले आन्तरिक छलफल गरिरहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल बाहेक उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार नेपाल पक्षबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई लगायतले पनि राजीनामा दिनसक्ने संभावना रहेको छ । ओली सरकारमा पुर्व माओवादीबाट मन्त्री बनेका मध्ये गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने राजीनामा दिनेबारे सम्भावना नरहेको स्रोतले बतायो ।

संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले प्रतिवाद गर्दै विरोध जनाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति