प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस लिएर शीतल निवासमा

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस बोकेर शीतल निवासस पुगेका छन् । मनित्रपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनको प्रस्ताव पारित गरेका ओलीले उक्त सिफारिस लिएर राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर, ओलीले अध्यक्ष प्रचण्डलाई भेट नै नदिई मन्त्रिपरिषदको बैठकमा संसद विघटनको सिफारिस गरेका हुन् ।

स्रोतका अनुसार अहिले प्रचण्ड खुमलटार फर्किएका छन् । अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफल गर्दैछन् । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति