बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं, ५ पुष । बालुवाटारमा अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक भईरहेको छ । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बैठक बोलाएका हुन्।

यसअघिको बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै अध्यादेश जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो ।

जारी मन्त्रिपरिषद् बैठकले सरकारले केही दिनअघि ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्ने अपेक्षा गरिएको छ।

बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन् । आन्तरिक किचलोमा रहेको नेकपाको स्थायी कमिटी बैठक पनि आज एक बजे बस्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति