अमेरिकामा कोरोनाको दोस्रो खोप स्वीकृत

काठमाडौँ, ४ पुस ।  अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृत गरेको छ ।

खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ ।

एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गर्न सुझाए लगत्तै एफडीएले स्वीकृति दिएको हो ।

यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई लगाउन थालिएको छ ।

दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको छ ।

अमेरिकामा शनिबार यो समाचार तयार पार्दा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ भने १ करोड ७८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति