ओली–प्रचण्डबीच ‘४ बुदेँ’ सहमति

अन्ततः सत्ताधारी दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ ।

दुई अध्यक्षबीच दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रचण्डको अभियोग पत्रमा छलफल नचल्ने, संवैधानिक परिषद् सबन्धी अध्यादेश फिर्ता हुने, संसदको बिशेष अधिवेशन बोलाउन गरिएको हस्ताक्षर क्याम्पियन स्थगित गर्ने, आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लगिने सहमति भएको हो । सो सहमतिका बारेमा उनीहरुले स्थायी कमिटी सदस्यहरुलाई समेत जानकारी गराएका छन् ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले गत २८ कात्तिकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गरेका थिए भने उक्त प्रतिवेदनलाई ‘काउन्टर’दिने गरी ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा ३८ पृष्ठ लामो खण्डन प्रतिवेदन पेश गरेका थिए । सोही दुई प्रतिवेदनलाई स्थगित गरी सहमतिमा नयां प्रस्ताव तयार गर्ने विषयमा दुवै अध्यक्षले स्थायी समितिमा बताएको एक नेताले बताए ।

यो सहमतिसँगै ओली–प्रचण्डबीच नयां शिराबाट सहमति गर्ने ढोका खुलेको छ ।

सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ ।

सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ । पुसष ५गते बस्ने भनिएको केन्द्रीय समतिको बैठक पुष १० गते बस्ने समेत बुधबार सम्पन्न स्थायी समितिले निर्णय गरेको छ ।
स्थायी समितिका बरिष्ठ नेता माधव कुमार नेपालले भने सहमति सहमति सुन्दा सुन्दा म वाक्क भएको छु भन्दै असन्तुष्टि जनाएको एक स्थयी समिति सदस्यले नेपालपेजलाई बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति