राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाउन तरुण दलको माग

काठमाडौं, १ पुष । नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन माग गरेको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै नेपाल दरुण दलले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो ।

‘सम्माननीय राष्ट्रपति ज्युको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’ नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले दरुण दलद्धारा जारी विज्ञप्तीमा भनेका छन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत तरुण दलको अनुरोध छ ।

‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ,’ अध्यक्ष बस्नेतले विज्ञप्तिमा लेखेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति