गोरखामा बस दुर्घटना हुँदा २२ जना घाइते, पाँच गम्भिर

गोरखा, १ पुस । गोरखा–आरुघाट सडक खण्डमा बुधबार रात्रि बस दुर्घघ्ना हुँदा २२ जना घाईते भएका छन् । गोरखा–आरुघाट सडक खण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार काठमाडौंबाट आरुघाटका लागि छुटेको ग १ ख ९४४६ नम्बरको रात्रि बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालको भनाई छ । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति