देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीसम्म

काठमाडौं, १ पुष । देशभर चिसो बढेको छ । देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । तराईका अधिकांश भू–भागहरुमा तथा पहाडका केही भू(भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाका अनुसार बिहीबार देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भने शुक्रबार पनि देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रम गिर्दो क्रममा रहेको छ । काठमाडौँको अधिकतम तापक्रम १९.२ डिग्री सेल्सियस रह्यो भने न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा चिसो जुम्ला रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै जिरीमा न्यूनतम तापक्रम माइनस २.५ डिग्री तथा जोमसोममा माइनस २ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति