रुकुम पूर्वका सहायक वन अधिकृतको निधन

काठमाडौं, १ पुष । डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको निधन भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार ५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको हो ।

जनकपुर निवासी साह मंसिर २१ गते मात्रै सरुवा भएर रुकुम पूर्वमा हाजिर भएका थिए। प्रेसरका विरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी सुरु भएको थियो। उनी चिसोका कारण भएको हुन सक्ने ठानेर तातो पानी खाएर बसिरहेको डिएसपी सिंहको भनाई छ । स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिदा मागेर उपचारका लागि दाङतर्फ आउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

‘तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइ पुर्‍याए लगतै सहायक वन अधिकृत साहलाई चिकित्सकले मृत घोषणा गरेका थिए।’ डिएसपी सिंहले भने । परिवारका सदस्यहरुले भने पोष्टमार्टम गर्न अस्वीकार गरिरहेको डिएसपी सिंहको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति