संवैधानिक परिषद् बैठकमा देउवा नजाने

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् ।

मंगलबार बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको भएको बठक प्रधानमन्त्री ओलीले साँझ ५ बजेलाई बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि उक्त अध्यादेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतासहित नेकपाका नेताहरुले विरोध गरेका छन् ।

६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने भएका हुन् । कांग्रेसका सभापतिलाई उनकै दलका नेताहरुले परिषद् बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति