संवैधानिक परिषदसम्बन्धी राष्ट्रपतिद्वारा अध्यादेश जारी

कामठाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्‍याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो। प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि परिषद्को बैठक बोलाएका छन् ।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन्। गणपुरक संख्या पुर्‍याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्।


यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति