सिनेमा हल पुस १० गतेदेखि खोल्ने चलचित्र संघको घोषणा

काठमाडौं, ३० मंसिर । कोरोना महामारीका कारण बन्द रहको सिनेमा छर आउँदो पुस १० गतेदेखि खुल्ने भएको छ । हल खुले पनि अहिले नयाँ फिल्म भने प्रदर्शन नहुने बताईएको छ ।

नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि सिनेमा हल खोल्ने घोषणा गरेको हो । कोरोना संक्रमणका कारण गत चैत दखि बन्द रहेका सिनेमा हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय नभएपछि हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलनमार्फत पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका छन् ।

९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको हल व्‍यवसायीहरुको गुनासो छ । पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको चलचित्र संघको भनाई छ ।

हल व्यवसायीले चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज मिनाहा हुनपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायत माग रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति