भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो

काठमाडौं, ३० मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९४ लाख २१ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७४६ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति