भूकम्पले भत्केको गुम्बाको शिलान्यास

वाग्मती, २९ मङ्सिर । मकवानपुरको हेटौँडामा रु एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन् । हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले भने । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो ।

यसैबीच हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको प्रमुख महतले शिलान्यास गरे । हेटौँडा उपमहानगरपालिकाको रु ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए ।

उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो । हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति