प्रधानमन्त्री ओलीसँग सुसन परिवारको भेट

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुसन कर्माचार्यले भेटवार्ता गरेकी छन् । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै कर्माचार्य आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् ।

उनका पति लक्षमण कृष्ण राजभण्डारीका अनुसार भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएका छन् । सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी र हाल याम्बलिङ हाइड्रोपावरको उनी अध्यक्षम पनि छिन् ।

कर्माचार्य परिवारले जनाए अनुसार प्रधानमन्त्री ओलीसँग दिउँसो ३ बजेदेखि ३ः४५ बजेसम्म यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ । कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । एकअर्कालाई मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडिग लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ’ भनेर सम्झाएको सुसनका पति लक्ष्मणले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति