संक्रमण दर घट्दै : भारतमा थप २७ हजारमा संक्रमण

काठमाडौं,२९ मंसिर । भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ८७ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ३९३ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति