मजदुरको पिटाइबाट एक ठेकेदारको मृत्यु

ललितपुर, २८ मंसिर । मजदुरको पिटाईबाट ललितपुरको चापागाउँमा एक ठेकेदारको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-४ का ३७ वर्षीय ठेकेदार नारायण बहादुर श्रेष्ठको उदयपुर, कटारीका मिलन राना मगरको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार मगर ठेकेदार श्रेष्ठको घरमा मजदुरीको पैसा लिन गएका थिए। तर, श्रेष्ठले पैसा नदिएपछि उनीहरुबीच झगडा भएको थियो । सो समय उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । कुुटपिटलगत्तै प्रहरीले मगरलाई पक्राउ गरेको थियो भने श्रेष्ठ बेपत्ता थिए।

भोलिपल्ट पनि परिवारले श्रेष्ठ घर नआएको भनेपछि प्रहरीले खोज्ने क्रममा कुटपिट भएको स्थाननजिकै झाडीको छेउमा शुक्रबार राति श्रेष्ठलाई मृत फेला पारेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनको भनाई छ । उक्त घट्जाबारे थप अनुसन्धान भईरहेको पुहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति