तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

काठमाडौं, २८ मंसिर ।  तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरी प्रवक्ता कोमल ठाकुरले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति