विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो,मृतकको संख्या १५ लाख ८७ हजार ४८६ पुग्यो

काठमाडौँ, २६ मंसिर । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको छ ।

शुक्रबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८७ हजार ४८६ पुगेको छ ।

बितेको २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ८२२ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ । त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति