कोरोना अपडेटः थप १०५६ जनामा संक्रमण, १ हजार ४८३ जना निको

काठमाडौं, २४ मंसिर । नेपालमा बितेको २४ घण्टामा १०५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सङ्क्रमित मध्ये ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् ।

उपत्यकामा थप ५०७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १४ जनाको मृत्यु
नेपालमा गत २४ घण्टाको अवधिमा १४ जना कोरोना भाईरस संक्रमितको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५२५ जना क्वारन्टिनमा रहेका छन् भने १२,२४५ आधिकारिक रूपमा आइसोलेशनमा बसेका छन् । यस्तै हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति