देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास भयो : प्रधानमन्त्री

काठमाडौं, २३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए।

मंगलबार मात्र मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भनेका छन्, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’ ‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति