टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

वासिङ्टन, २३ मंसिर । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

तर संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरु पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ ।

ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनु भएको थियो । तर हालसम्म अमेरिकी कम्पनीहरुसँग संझौताका लागि वार्ताहरु भए पनि निर्णय भइसकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति