२४ घण्टामा १३८२ जना संक्रमित, २३ को मृत्यु

काठमाडौं, २३ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३७० जना महिला र ६४४ जना पुरुष रहेका छन् । यो अवधिमा ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् ।

थप २३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति