सर्वदलीय बैठकः हिंसात्मक गतिविधिविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेका छन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

बैठकमा राजसंस्था पुनर्स्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । यस्तै बैठकमा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएका छन् । भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई नेपाली कांग्रेसका ध्यानाकर्षण गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति