मोरङमा अपहरणपछि एक शिक्षकको हत्या

काठमाडौं, २३ मंसिर । मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले जानकारी दिए ।

अहिले प्रहरी टोली घटनास्थलमा जाँदै गरेको उनले बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनको भनाई छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा शव जंगलमा फेला परेको प्रहरीको भनाई छ ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको बताए। ‘अपहरण भएको केही समयमै हत्या भयो भन्ने खबर आएको छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति