बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को भए सहभागी ?

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सर्वदलीय बैठकको आव्हान गरेका थिए ।

भर्खरै सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा सरकारविरुद्ध विभिन्न नाममा प्रदर्शनहरु भईरहेको छ ।

केहि दिन यता राजवादीहरुले देशका मुख्य शहरहरुमा गणतन्त्रको विरोधमा प्रर्दशन गरिरहेका छन् । यसबीच गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । सर्वदलीय बैठकमा मुलतः यही विषयमा छलफल हुने बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति