बानेश्वरमा मोटरसाइकलको ठक्करबाट यात्रुको ज्यान गयो

काठमाडौं, २२ मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति