नेकपा विवादः दुबै अध्यक्षको प्रस्ताव बाँडियो, एक हप्तासम्मलाई बैठक स्थगित

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आईतबार भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।

आजको बैठकमा सदस्यहरुलाई पार्टीका दुबै अध्यक्षको प्रस्तावलाई वितरण गरिएको छ । उक्त प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको र मंसिर २८ गतेका लागि अर्को बैठक तय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् । ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । पार्टीमा देखिएको आन्तरिक विवादको विषय आजको बैठकको कार्यसूची रहेको थियो।

ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए। पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने उल्लेख गरेका थिए ।

यस्तै मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति