काठमाडौं, २१ मंसिर । देशका विभिन्न शहरमा केही दिनयता राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू भईरहेको छ । सामाजिक सञ्जालमा शीर्ष नेतादेखि आमा नागरिकले प्रदर्शनबारे नकरात्मक धारणा धेरैले राखिरहेका छन्।
यसैबीच राजा र हिन्दु राज्यको माग गर्दै सडकमा निस्कनेहरुलाई लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पञ्च, मण्डले र कुण्डलेको संज्ञा दिएका छन् । संग्रौलाले पाँच सात सय जनाको जुलुस निकाल्दैमा चक्रपथभरि २० लाख मानिस उत्रिएर फालिएको राजतन्त्र नफर्कने बताए ।

सामाजिक सञ्जाल फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘अहिले भर्खर मात्र फेसबुकमा राजावादीहरुको आन्दोलनबारे उल्लेख गरेका हुन् । उनले भने, ‘पञ्च, मण्डले, कुण्डले बन्धुहरू ठाउँ-ठाउँमा पाँच-सात सय जनका जुलुस निकालेर राजा फर्काउन ताहुरमाहुर गरिराछन्। लगभग बीस लाख जन चक्रपथभरि उर्लिएर फालिएकाे यिनकाे राजा यति सजिलै फर्किने भए काेशी नदी काठमान्डुतिर हुत्त फर्किन्थ्याे। बरा गाैपुत्रका जाइफल झर्लान् र खाउँलाकाे स्याले तिर्सना !’
यो पनि पढ्नुहोस्…
प्रतिक्रिया