समस्याको ईलाजः प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदः डा. भट्टराई

काठमाडौं, २१ मंसिर । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको असन्तुष्टि र प्रतिगामीहरुको चलखेल रोक्ने बाटो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिका संसद भएको बताएका छन् ।

यो प्रणालीले देशमा सक्षम, स्थिर नेतृत्व दिने उनको भनाई छ । डा. भट्टराईले यो आँट गर्न सबैलाई अपिलसमेत गरेका छन् । समाजिक सञ्जालमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले सक्षम र स्थिर नेतृत्व दिने र पूर्ण समानुपातिक संसदले सबै समुदायको प्रतिनिधित्व गर्ने र चुनावी खर्च पनि कम गर्ने भएकाले यसका लागि सबैले आँट गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘ऐले २र३ सरकारको संकट, भ्रष्टाचारको नयॉ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज होः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ‘जसले सक्षमरस्थिर नेतृत्व दिनेछ र (पूर्ण समानुपातिक संसद) जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ’ सबैले आँट गरौंस।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति