काठमाडौँ – नेपालमा बितेको २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् ।
आज थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । योसँगै सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।
२४ घण्टामा थप १६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरे अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।
प्रतिक्रिया