काठमाडौं, १८ मंसिर । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका हुन् ।
प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर भर्खरै रिट दायर गरेको मन्त्री सोनालको भनभाई छ । संघीय सरकारको शैलीबिरुद्ध प्रदेश नं. दुई सरकारले पटक–पटक असहमति राख्दै आएको छ । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश लगाउँदै आएका छन् ।
उनीहरुको रिटमा मंसिर २६ गते पेशी तोकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ । सोनाल जनता समाजवादी पार्टीका नेता हुन् । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं. २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।
COMMENTS