काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा फेला

काठमाडौं, १८ मंसिर । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको हो । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाईएको छ । प्रहरीले घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति