काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा फेला

काठमाडौं, १८ मंसिर । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको हो । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाईएको छ । प्रहरीले घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board