अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः अझै ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काममा

काठमाडौं, १७ मंसिर । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, हरेक वर्षको डिसेम्बर २ का दिन संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत विश्वर मनाईदैछ । सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो ।

अहिले पनि विश्वमा ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनमा छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् । नेपालमा श्री ३ चन्द्रशमसेर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो । परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन रहेको थियो ।

अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झल्को दिने काम भैरहेको छ । कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा अझै पनि रहेको पाइन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति