हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन ‘प्रयोजित हर्कत’ हो : पुर्वप्रधानमन्त्री भट्टराई

कामठाडौं, १६ मंसिर । पछिल्लो केहि दिन यता देशका विभिन्न शहरमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू भईरहेको छ । सामाजिक सञ्जालमा शीर्ष नेतादेखि आमा नागरिकले प्रदर्शनबारे धारणा राखिरहेका छन्।

यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय भइरहेका प्रदर्शनलाई ‘प्रयोजित हर्कत’ भएको बताएका छन् ।

सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनै नसक्ने बताउँदे डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “एउटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ।

“तर यो २१औँ शताब्दी हो। सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातिपुस्ता जन्मिसकेको छ है।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति