भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर, १६ मङ्सिर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति