नेकपा सचिवालय बैठक आज, अध्यक्षद्धयको प्रस्ताव छलफलमा

काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । बैठकमा ओली र प्रचण्डको प्रतिवेदनमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ । आफूविरूद्ध लागेको लाल्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल(नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकरपटक समस्या आएकाले बहुमतबाट निर्णय गर्दै अघि बढ्ने रणनीति बनाएका छन् । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।

उक्त छलफलले दुई अध्यक्षको अहिलेको प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको स्रोतको दाबी छ ।

त्यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन्। त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।

अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति