भारतमा संक्रमणदर घट्दै : पछिल्लो २४ घण्टामा ४४४ संक्रमितको मृत्यु

काठमाडौं, १५ मंसिर । भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ ।यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति