महासंघको चुनाव : ढकाल समूहले खोल्यो जितको खाता

काठमाडौं, १३ मंसिर,। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ । ढकाल समूहका तर्फबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् । अधिकारीले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए । निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएपछि मतगणना सुरु भ्एको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board