क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

काठमाडौं, १३ मंसिर । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने छु ।

उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति