रूकुमपश्चिममा जन्ती सवार जीप दुर्घटना, ४ जनाको मृत्यु

रूकुम, १३ मंसिर । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए । आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो । जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board