भारतमा कोरोना संक्रमणबाट १ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, १२ मंसिर ।   भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ४९ हजार २८५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ५७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board