भेनेजुएलाको अदालतद्वारा छ अमेरिकी नागरिकलाई जेल सजाय

लन्डन, १२ मङ्सिर । भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।

उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो ।

ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति