२४ घण्टामा १६१४ जना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

थप २३ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ । सरकारी तथ्यांकमा उल्लेख गरे अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति