२४ घण्टामा १६१४ जना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

थप २३ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ । सरकारी तथ्यांकमा उल्लेख गरे अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board