नेपालमा आईपुगे भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं, ११ मंसिर । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । केहीबेरअघि चार्टर्ड विमानबाट श्रृंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पहिलोपटक विदेश सचिव श्रृंगला नेपाल भ्रमणमा आएका हुन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा उनी नेपाल आएका हुन् ।

श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति