भारतमा कोरोनाबाट १ लाख ३५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं,११ मंसिर । भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४४ हजार ६९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ७७ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board