बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञाबीच प्रर्दशन, सांसद पनि उत्रिए सडकमा

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिबासमा यतिबेला तनाबग्रस्त छ । मंगलबार प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाएपछि घाईते भएका एक प्रर्दशनकारीको उपचारका क्रममा मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताए पनि सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको हो ।

बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी छ भने राजमार्गमा सवारी साधन चलेका छैनन्। प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेसभा सांसद शारदा थापा पनि समर्थन गर्दै प्रर्दशनमा उत्रिएका छन् । अहिले बर्दिमासमा न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने मागसमेत राखेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा फालिएको अवस्थामा भेटिएको थियो। बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन्। स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति