भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न जसपाको माग

कामठाडौं, ९ मंसिर । भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ।

जसपाले एक विज्ञप्पी जारी गर्दै भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नुपर्ने माग गरेका हुन्। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ,‘जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ ।

जसपाले विज्ञप्तीमा लामोसमयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको बताएको छ ।

कोरोना भाइरस महामारीपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसबेलादेखि भारतसँग जोडिएको सबै सीमा बन्द गरेपछि केही नाका आउजाउका लागि खुला भए पनि असहज बनेको छ ।

विज्ञप्ति यस्तो छ :

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति