बलात्कार घट्नामा मिलापत्र गराउनेलाई पनि कारबाही गर्ने कानुनी बाटो खुल्यो

काठमाडौं, ७ मंसिर । सरकारले बलात्कार घट्नामा मिलापत्र गराउनेलाई पनि कारबाही गर्ने अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको हो ।

बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ। यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था गरिएको छ ।

सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ । त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवान हुने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति